आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र
सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
हालसम्म ४ जना पक्राउ परेका छन् भने अन्यको खोजि भइरहेको छ ।
यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो ।