ललितपुरको कागज गोदाममा आगलागी
ललितपुरको एक कागज गोदाममा आगलागी भएको छ।
सोमबार राती ललितपुर महानगरपालिका, -२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
अहिले आगलागी निभाउने प्रयास भइरहेको छ। उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो।
चार वटा दमकल, प्रहरी लगायतले आगलगी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरीले ललितपुरले जानकारी दिएको छ ।