अस्पतालको लापरबाहिको कारण मृत्यु भएको हो : पीडित पक्ष
हिजो दिउँसो करिब ३ बजे तिर चाबहिल चोकमा बसले स्कुटरलाई ठक्कर दिदा खुट्टा भाचिएर हेल्पिङ्ग हेन्ड सामुदायिक अस्पतालमा घाइतेको उपचारको क्रममा राती करिब ०९:३० बजे तिर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थायी ठेगान गोरखा भएकी २२ वर्षकी रोसनी थापा मगर रहेकी छिन्।
अस्पतालको लापरबाही मात्र नभएर जानिजानी औषधि प्रयोग गरी मारिएको भन्ने पीडित पक्षलेआरोप लागाएका छन् भने अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

