साफ कंग्रेसमा भाग लिन महासचिव राईको नेतृत्वमा एन्फा टोली ढाका प्रस्थान
बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले नेतृत्वमा नेपाली टोली सहभागी हुने भएको छ ।
साफको कंग्रेस ढाकामा शनिबारदेखि हुँदैछ । त्यसका लागि एन्फा महासचिव राई सहितको टोली त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ ।
राईसहित एन्फा सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका गएका छन् ।
एन्फा महासचिव राईले साफ कंग्रेसमा साफ महिला च्याम्पियनसिप काठमाडौंमा गराउनका लागि एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्ने एन्फाको तयारी छ ।यस्तै कंग्रेसमा साफ सदस्यहरुबीच फुटबल विकासका विषयमा पनि छलफल हुने एन्फाले जनाएको छ ।