निशालाई स्वर्ण राष्ट्रिय खुला पुम्सेमा
नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोस्रो तथा राम गोले र लक्ष्मण गोले तेस्रो भए । चारै प्रहरीका हुन् ।