पीएसजी छाड्ने पोचेटिनोले
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले पेरिस क्लब छाड्ने भएका छन् ।
गत साता दुवै पक्षबीच भएको छलफलपछि पोचेटिनोले क्लब छाड्ने तय भएको बीबीसीले जनाएको छ । यसको अर्थ ५० वर्षी अर्जेन्टाइन पोचेटिनो सम्झौताको अन्तिम वर्ष पीएसजीमा नहुने भएका छन् ।