उत्कृष्ट विद्यार्थीलाई एनसेलको सम्मान पुल्चोक क्याम्पसका
एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा सम्मान गरेको छ ।
एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रमका बीच विद्यार्थीका अभिभावक, प्राध्यापक र अन्य पाहुनाहरुको उपस्थितिमा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।