विजय र्यालीमा भेटिएका सुमन सायमी बालेनको
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएपछि आयोजित धन्यवाद र्यालीमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि देखिए ।
बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा सायमी १३ हजार ७७० मतसहित चौथो स्थानमा रहे । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार सिर्जना सिंह र तेस्रोमा एमाले उम्मेदवार केशव स्थापित थिए ।आफ्नै प्रतिस्पर्धी बालेनको धन्यवाद र्यालीमा गएर सायमीले धेरैको मन जिते । राम्रो काम गर्नेलाई साथ दिन र सहयोग गर्न सधैं तयार रहेको बताउने सायमी युवा पुस्ता राजनीतिमा आएको र परिवर्तन चाहनेहरुले जितेको भन्दै खुशी देखिए ।