केशव स्थापित पछ्याउँदै काठमाडौं महानगरमा बालेनले बढाए मतान्तर
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् ।
यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह ८२५ मत ल्याएर तेस्रो स्थानमा छिन् । यस्तै विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २३ र राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् । यस्तै विवेकशील साझाका उम्मेदवार क्रिर्ती कंसाकरले ७६, राप्रपाका बिनिता मगैयाले ४१३पाएकी छिन् ।