फुटबल विवाद राखेप र मन्त्रालयमा, खेलाडीले सदस्यसचिवलई भेट्दै
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।
सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट्दैछन् ।राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ ।
सुरुमा रोहित चन्द र त्यसपछि ९ खेलाडीले अघिल्लो बुधबार क्याम्प छाडेका थिए ।
राष्ट्रिय टिमको ड्रेसिङ रुममा देखिएको विवाद समाधानका लाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि सदस्यसचिव घिसिङलाई भेटेर निवेदन दिँदैछन् ।