१९औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित
चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।
आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ । सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको हो ।
‘एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ । तर, त्यसअघि नै चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो ।