राजस्थान आईपीएलको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो ।
पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।
बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।