लाजियोमाथि पुनरागमन जितसहित एसी मिलान शीर्ष स्थानमा उक्लियो
स्थानीय तहको आधारभूत जग भनेकै वडा तह हो । जनताले आधारभूत रूपमा पाउने दैनिक सेवाहरू वडा कार्यालयबाट प्रवाह हुन्छन् । विभिन्न प्रकारका सिफारिसदेखि, टोल विकास समिति गठन, अन्य कामको समन्वय स्थानीय तहको वडा समितिले गरेको हुन्छ र वडाअध्यक्ष त्यसको नेतृत्वमा रहन्छन् ।
नागरिकता सिफारिसको काम वडा तहबाट हुन्छ र त्यसमा वडाअध्यक्षको अनिवार्य संलग्नता रहन्छ । चारकिल्ला प्रमाणितदेखि सम्पत्ति सिफारिसका काम समेत वडा कार्यालयबाट हुन्छन् । अड्डा अदालतबाट केही विषय बुझ्नुपरेमा वडाध्यक्ष नै जानुपर्छ । केही दिनअघि म छोराको नागरिकता बनाउन सिफारिस लिन गएको थिएँ । वडा कार्यालयबाट नै सबै काम भएकाले नगरपालिकाको कार्यालयमा पस्नै परेन । यसरी जनताको दैनिकी जोडिने कामहरू वडा कार्यालयबाट प्रवाह हुन्छन् र वडाअध्यक्ष त्यसमा संलग्न रहन्छन् ।