टी-२० विश्वकपमा पुग्न नेपालले पायो १७६ रनको लक्ष्य
आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।
ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको छ ।
नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईले विष्फोटक सुरुआत गरेको थियो । सुरुआती ६ ओभरको समाप्तीमा युएईले १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।