जर्मनीलाई हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा
इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले खेलमा पहिले अग्रता लियो। लुक शाले दिएको पासमा उनले गोल गरेका थिए।
खेलको ८६ मिनेटमा ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए।