रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो
स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिड लिगकाे शीर्षस्थानमा उक्लिएकाे छ । गएराति भएकाे खेलमा सेल्टा डि भिगोमाथि २-० को सहज जित दर्ता गर्दै रियल म्याड्रिड लिगाको शीर्षस्थानमा उक्लिएको हाे ।
रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई १ अंकले पछि पारेको हो । यद्दपि रियलले एट्लेटिकोले भन्दा ३ खेल बढी खेलेको छ । रियलको १७ खेलबाट ३६ तथा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । पराजित सेल्टा २३ अंकसहित आठौं स्थानमा छ ।
रियल म्याड्रिडलाई जति दिलाउनकाे लागि लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गरे ।
खेल शुरू भएकाे ६ मिनेट नबित्दै भाज्क्वेज गाेल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएकाे थिए । खेलेकाे ५३ औं मिनेटमा एसेन्सियोले गोल गर्दै अग्रता दाेब्बर बनाए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल रियल म्याड्रिडले जित्याे ।