रियल म्याड्रिडकाे कठिन जित
स्पेनिस च्याम्पियन रियल म्याड्रिडले सेभिल्लामाथि कठिन जिल निकालेकाे छ । ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा रियल म्याड्रिडले सेभिल्लालाई उसमैकाे घरेलु मैदानमा १-० काे जित निकालेकाे हाे ।
रियललाई कठिन जितमा सेभिल्लाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए ।
खेलको ५५ औं मिनेटमा रियल म्याड्रिडले गोलरक्षक यासिन बोनोउको आत्मघाती गोलमा अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको लो क्रसलाई भिनिसियस जुनिअरले पेनाल्टी क्षेत्रभित्र हल्का छोएपछि बल गोलरक्षक बोनोउको हातमा लाग्दै गोल भएको थियो । त्यसपछि बाँकी समयमा दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल रियल म्याड्रिडले जित्याे ।
यस जितसँगै रियलले ला लिगमा तीन खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको छ । यस जितले रियल ११ खेलमा २० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । सेभिया भने १० खेलमा १६ अंकसाथ पाँचौ स्थानमा छ ।