कर्टिस जोन्सको गोलले लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
युवा खेलाडी कर्टिस जोन्सले गरेको एकमात्र गोलको मदतमा अयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले डच क्लब अयाक्सलाई १-० ले पराजित गरेको हो ।
जोन्सले ५८औं मिनेटमा नेको विलियम्सको पासमा गरेको गोल नै लिभरपुललाई ३ अंक दिलाउन निर्णायक बनेको हो । जितपछि ५ खेलबाट १२ अंकसहित लिभरपुल समूह डी को शीर्ष स्थानमा छ । समान खेलबाट ७ अंकसहित अयाक्स तेस्रो स्थानमा छ । अर्को खेलमा एफसी मिट्जिल्याण्डसँग १-१ को बराबरी खेलेको इटालियन क्लब एटलान्टाको ८ अंक छ र दोस्रो स्थानमा छ ।
अब समूहको अन्तिम खेलमा एटलान्टा र अयाक्सबी खेलमा विजयी हुने टिम लिभरपुलसँगै समूह्य डीबाट अन्तिम १६ मा पुग्ने