अर्जेन्टिनाको तेस्रो जित
फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।
अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो । पेरुको मैदानमा भएको खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।