फ्रान्स फिनल्यान्डसँग पराजित
विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान स्टाडे डि फ्रान्समा भएको खेलमा घरेलु टोली फिनल्यान्डसँग २-० ले पराजित भएको हो ।
फिनल्यान्डलाई जित दिलाउनकाे लागि माकुस फोर्स र ओनी भलाकारीले एक एक गोल गरेका थिए । फिनल्डान्डले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २८ औं मिनेटमा मार्कुसले गोल गर्दै फ्रान्सलाई १-० ले पछि पारेका थिए । उनले कर्जलालाइनेनको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३१ औं मिनेटमा ओनी भलाकारीलेले गोल गरे । उनले काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै थप गोल हुन सकेन । थप गोल नहुँदा फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित भएको हो ।