पाँच नम्बर प्रदेशको नाम र राजधानी आज टुंगो लाग्ने, प्रदेशसभामा मतदान हुँदै
(काठमाडौं) प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउने कार्यसूचीसहित प्रदेश सभा बैठक मंगलबार सुरु भएको छ। यसमा विभाजनको प्रक्रियाबाट मतदान हुनेछ। प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सरकारले संसदमा पेस गरिसकेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रदेश सभामा प्रस्ताव पेस गर्दा विपक्षीबाट घेराउ तथा नाराबाजी भएको थियो।
प्रदेश सभामा पेश भएको नाम र राजधानीको प्रस्तावमा मतदान गर्न नेकपा संसदीय दलले ह्वीप लगाएको छ। नेकपाका सबै सांसदले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको भालुवाङमा मतदान गर्ने भएका छन् । प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । कांग्रेसले प्रदेशसभाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
सोमबार पेश भएको उक्त प्रस्तावमाथि संशोधन लागि १८ घण्टाको लागि समय दिइएको थियो। अहिलेसम्म प्रदेशको स्थायी राजधानी बुटवल हुनुपर्छ भन्दै काग्रेस सांसद रमा अर्यालले मात्रै दर्ता गराएकी छिन्।