आईपीएल : स्टिभ स्मिथलाई १२ लाख जरिमाना
आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिमाना गरिएको छ ।
गएराति सम्पन्न खेलमा निर्धारित समयमा इनिङ्स समाप्त नगरेको भन्दै उनलाई १२ लाख जरिमाना गरिएको हो ।
जारी सिजनमा स्मिथभन्दा अगाडि रोयल च्यालेन्जर्स बैङ्लाेर (आरसीबी)का कप्तान विराट कोहली र दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई पनि १२/१२ लाख जरिमाना गरिएको थियाे ।
सामान्यतया टी-२० क्रिकेटमा १ घण्टा १५ मिनेटमा एउटा इनिङ्स सकाउनुपर्छ ।
स्मिथ कारबाहीमा परेको खेलमा मुम्बईविरुद्ध राजस्थान ५७ रनले पराजित भएको छ । जारी सिजनमा राजस्थानको यो लगातार तेस्रो हार हो । उसले सुरुवातका दुई म्याचमा लगातार जित हासिल गेको थियो ।