साबिक विजेता लिभरपुल बन्याे समूह विजेता
(काठमाडौं) साबिक विजेता लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह ई को विजेता बनेको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलले सल्जबर्गलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो ।
नेबी केइता र मोहम्मद सालहले गोल गरेका हुन्। जीतसँगै लिभरपुल ६ खेलबाट १३ अंकसहित समूह विजेता बन्यो । सोही समूहको अर्को खेलमा नापोलीले केआरकी गेन्कलाई ४–० ले पराजित गरेको छ । १२ अंकसहित नापोली समूह उपविजेता बनेको छ ।