टोखाबाट १२ लाखभन्दा बढीको धनमाल चोरी
टोखा नगरपालिका-२ लबुमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ का ५७ वर्षीय भाइ राजा गौतमको कोठाबाट गए राति १२ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
कोठामा कोही नभएको मौका पारी नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएका हुन्। प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।