पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान
(काठमाडौं) पुरुष २ सय मिटर फ्रि स्टाइलमा नेपालका एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा महिला २ सय मिटर ब्रेस्टस्टोकमा डुवाना लामाले नयाँ कीर्तिमान बनाएका छन्।
सातदोबाटोको पौडी पोखरमा बिहीबार भएको २ सय मिटर फ्रि स्टाइलको हिट चरणमा एलेक्सले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। एलेक्सले छोटो र्कोसमा भएको प्रतिस्पर्धामा २.०२.३० मा पार गर्दै यस अघि शिरिष गुरुङले २०१४ को १२औं फिना विश्व कपमा बनाएको कीर्तिमानलाई भंग गरेका हुन्। शिरिषले यस अघि २.०६.३५ को कीर्तिमान बनाएका थिए।
यस्तै २ सय मिटर महिला ब्रेस्टस्टोकमा डुवानाले २.४८.५७ समयमा पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। नेपालगञ्जमा भएको ८ औं राष्ट्रिय खेलकुदमा आफैले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन्। उनले आठौमा २.५५.०९ को कीर्तिमान बनाएकी थिइन्।