कप्तान ज्ञानेन्द्र शून्यमै आउट, नेपालको भारतविरुद्ध खराब सुरुवात
(काठमाडौं) इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ।
बंगलादेशमा आजदेखि सुरु एसिया कपमा नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो । त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् ।
१५ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा नेपालले ४७ रन बनाएको छ । नेपाल रहेको समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् ।