सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु
काठमाण्डाै : सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको चक्रघट्टा गाउँपालिका ७ औरहीका रामकिशोर रायका ९ बर्षीय छोरा बिशाल यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको हो।
मानसिक सन्तुलन ठिक नभएका मृतक बिशाललाई घरमा नदेखेपछि परिवारले खोजी गर्ने क्रममा घरनजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रतितसिंह राठौरले बताए।