ग्लोबल टी–२०: सन्दीप र सोमपालको टिम एक अर्काविरुद्ध भिड्दै
काठमाडौं : नेपालका दुई खेलाडीले मौका पाएको ग्लोबल टी–२० मा आज सन्दीप लामिछानेको टोरन्टो नेसनल्स र सोमपाल कामीको विन्निपेग हक्स बिच प्रतिष्पर्धा हुन लागेको छ। क्यानडाको प्रतिष्ठीत ग्लोबल टी–२० मा विश्व स्टार खेलाडीहरुको सहभागिता छ। नेपाली दुबै स्टार सिंगापुरबाट क्यानडा प्रस्थान गरिसकेका छन्। नेपाल टी–२० विश्वकपको एसियाली छनोटका लागि सिंगापुरमा रहेको थियो। खराव प्रदर्शन पछि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। सन्दीपको यो ग्लोबल टी–२० मा दोस्रो संस्करण हो। सन्दीपलाई टोरन्टोले ६० हजार डलरमा अनुबन्ध गरेको हो भने सोमपालका लागि विन्निपेगले ३ हजार डलर खर्चेको छ। अघिल्लो सिजन मोन्ट्रियल टाइगर्सबाट प्रतियोगितामा सहभागी भएका सन्दीपले ५ खेलमा ८ विकेट लिएका थिए।
सोमबार हुने खेलमा सन्दीपको टिममा पर्ने सम्भावना बलियो छ। यद्धपि सोमपालको भने यसै भन्ने अबस्था छैन्। सन्दीपको अघिल्लो सिजनको प्रदर्शन र अनुबन्ध गर्न टोरन्टोले खर्चेको ठूलो रकमले पनि उक्त क्लबका लागि उनी भरपर्दा खेलाडीका रुपमा रहेकाछन्। टोरन्टो अघिल्लो सिजनको बिर्सनलायक प्रदर्शन भुलाउँदै सशक्त कम ब्याक गर्ने सोचमा रहँदा त्यसका लागि सन्दीपको भुमिका महत्वपूर्ण हुने विश्वास लिएको छ। त्यसैले सन्दीपको पहिलो खेलको प्रदर्शन नै उनको बाँकी यात्राका लागि समेत महत्वपूर्ण हुनेछ। यस्तै, सोमपालको टिम विन्निपेगमा यो सिजन अलराउन्डरको संख्या धेरै छ। यद्धपि फास्ट बलर सोमपाल ब्याटिङ भन्दापनि बलिङका लागि अपेक्षा गरिएका खेलाडी हुन्। उसले फास्ट बलमैत्रि पिचमा सोमपाललाई मौका दिइने संभावना हुन्छ। सोमबार भने उनको संभावना सहज छैन्। त्यसोत उनको अन्तराष्ट्रिय फ्रेन्चाइज अनुभव नभएकाले पनि उनीलाई मैदान उतोर्न रिक्स हतपत लिने संभावना कमजोर छ।
यसअघि दुई टिमबीच गत सिजन प्रतिस्पर्धा भएको थियो। सो खेलमा विन्निपेगले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा टोरन्टो १ सय ८ रनमा अलआउट हुँदै पराजित भएको थियो। गत सिजन अंकतालिकाको पुछारमा रहेर सिजन सकाएको टोरन्टो यो सिजन तुलनात्मक रुपमा बलियो भएको छ। समग्रमा यि दुई टिमबिचको खेल प्रतिष्पर्धात्मक हुने आँकलन गर्न सकिन्छ।