एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा सिंगापुरलाई हराउदै नेपाल सातौं स्थानमा
काठमाण्डौ : आइतबार बिहान थाइल्यान्डको चुनवरीमा भएको स्पर्धामा नेपाली महिला हक्की टोलीले सिंगापुरलाई २–१ ले पराजित गर्दै सातौ स्थान हात पारेको हो । महिला टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि महिला टोलीले समूह चरणमा फिलिपिन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
नेपाल समूह चरणमा उज्वेकिस्तानसँग ९–०, काजकस्तानसँग ८–० र इरानसँग ५–१ ले पराजित भएको थियो । यसअघि पुरुष हक्की टोलीले शनिबार फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नवौं स्थान हात पारेको थियो । पुरुषतर्फ नेपाल सिंगापुरसँग १७–१, उज्जेकिस्तानसँग १३–२, काजकस्तानसँग १२–१ ले र चाइनिज ताइपेइसँग ७–६ ले पराजित भएको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातार्फ ९ टोलीको सहभागिता रहेको थियो ।