विश्वकप क्रिकेटको २८ औं खेलमा आज पाकिस्तान र दक्षिण अफ्रिका एक अर्काविरुद्ध प्रतिष्पर्धा गर्दै
विश्वकप क्रिकेटको २८ औं खेलमा आज पाकिस्तान र दक्षिण अफ्रिका एक अर्काविरुद्ध प्रतिष्पर्धा गर्दै छन्। अफ्रिका टिम पाकिस्तानविरुद्ध विश्वकपमा २० वर्षदेखि जित निकाल्न असफल छ। उसले पछिल्लोपटक १९९९ मा जित निकालेको थियो। त्यसयता भएका दुई भिडन्तमा पाकिस्तानले बाजी मारेको छ। पछिल्लोपटक २०१७ मा पाकिस्तान विजयी भएको थियो।
विश्वकपमा आफ्नो स्थानलाई बाचय राख्न पाकिस्तानले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गर्नु पर्ने छ। कुनै पनि अर्थमा पाकिस्तान हारेमा भने प्रतियोगिताबाट पाकिस्तान बाहिरिने छ। जारी विश्वकपमा दुवै टिमको प्रदर्शन निराशाजनक रहेको छ। दक्षिण अफ्रिका पछिल्ला ६ मध्ये १ खेलमा मात्र जित निकाल्न सफल भएको छ ।
दक्षिण अफ्रिका तीन अंकसहित आठौं स्थानमा छ। त्यस्तै पाकिस्तानले ५ मध्ये १ खेलमा जित निकालेको छ। दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट पहिलेनै बाहिरिसकेको छ। पाकिस्तानले सेमिफाइनल संभावना कायम राख्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ।
दुई टिमबिच अहिलेसम्म कुल ७८ खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ५० खेलमा जित निकालेको छ। पाकिस्तानको सिर्पm २७ खेलमा जित छ। एक खेल नतिजा विहिन भएका छन्। विश्वकपमा यि दुई टिमबिच ४ खेल भएको छ। जसमा दक्षिण अफ्रिकाले २ खेलमा जित निकाल्दा पाकिस्तानले पनि समान २ खेलमा जित निकालेको छ।