दक्षिण कोरियाले हर्मुज स्ट्रेटमा सेना नपठाउने
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्योङले हर्मुज स्ट्रेटमा आफ्नो देशले सेना तैनाथ नगर्ने स्पष्ट पारेका छन्।
बीबीसीको फारसी सेवाका अनुसार शुक्रबार राष्ट्रपति लीले दक्षिण कोरिया कुनै पनि युद्धमा सहभागी नहुने बताएका हुन्। उनले दक्षिण कोरियाले कुनै पनि किसिमको सैन्य तैनाथी नगर्ने र युद्धमा संलग्न नहुने स्पष्ट पारे।
दक्षिण कोरियाले हर्मुज स्ट्रेटमा सैनिक पठाउने चर्चा चलेपछि पछिल्ला केही सातादेखि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएका छन्।
राष्ट्रपति लीले भने दक्षिण कोरियाले आफ्ना व्यावसायिक जहाज र तेल ढुवानीका मार्गको सुरक्षाका लागि आवश्यक उपाय भने अपनाउने बताएका छन्।
यसअघि दुई साताअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले दक्षिण कोरियालाई हर्मुज स्ट्रेट र फारसी खाडीमा कुनै पनि प्रकारको सैन्य उपस्थिति वा सहभागिता आक्रमणकारीलाई प्रत्यक्ष समर्थन गरेसरह हुने भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।