सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु
सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको खेतमा पानी पठाउने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो।
मोटर चलाउने क्रममा करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठकले पुष्टि गरेका छन्। मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।