तुलसीपुरमा टिप्परको ठक्करबाट बुबा–छोराको मृत्यु
दाङ — तुलसीपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बुबा–छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेका छन्।
आज बिहान करिब ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख २१९२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बुबा–छोराको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर मा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर मृतककी श्रीमती अमृता नेपाली घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुली का अनुसार ठक्कर दिने टिप्परका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।