इरान–अमेरिका तनाव चुलियो: हर्मुज जलडमरुमध्यमा अमेरिकी युद्धपोतमाथि क्षेप्यास्त्र आक्रमण
इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको फार्स समाचार एजेन्सीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै जास्क नजिकै एउटा अमेरिकी नौसेनाको जहाजमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनाएको हो ।
इरानको रिभोलुसनरी गार्डले जहाजलाई तत्काल रोकिन दिएको चेतावनीलाई बेवास्ता गरेपछि उक्त आक्रमण गरिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमा थुनिएका जहाजहरूलाई बाहिर निकाल्न सोमबारदेखि ‘प्रोजेक्ट फ्रीडम’ सुरु गर्ने घोषणा गरेलगत्तै यो घटना सार्वजनिक भएको हो ।
यस अभियानका लागि अमेरिकी सेन्ट्रल कमाण्डले १५ हजार सैन्य टोली, सयभन्दा बढी स्थल तथा समुद्री विमान, युद्धपोत र ड्रोनहरू परिचालन गरी सहयोग गर्ने तयारी गरेको थियो । अर्कोतर्फ, इरानी सेनाले आफ्नो नौसेनाले कडा र द्रुत चेतावनी दिएर अमेरिकी युद्धपोतहरूलाई हर्मुज जलडमरूमध्यमा प्रवेश गर्नबाट रोकेको दाबी गरेको छ । make title