संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट पुनर्विचारका लागि फिर्ता भएको अध्यादेश फेरि पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विश्व बैंकबाट करिब ५२ मिलियन डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने, भारतसँग ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्तै, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।