लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल
काठमाण्डौ, सगरमाथा आधार शिविर नजिकै लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ।
हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेको र उनी सकुशल रहेको सुचना प्राप्त भएको छ ।
भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्टिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दाखोज्दै हेलिकप्टर जमिनमा जोतिएको हो ।
यस दुर्घटनामा कुनैपनी मानवीय क्षती भएको छैन । क्याप्टेन पुर्णरुपमा सकुशल रहेको र उनलाई अर्को हेलिकप्टर मार्फत लुक्ला लगिसकिएको छ ।