‘शिक्षामा सीप’ स्केचिङ–स्कल्पचर प्रदर्शनी २०२६ सुरु
काठमाडौं — नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु भएको छ।
काठमाडौँ महानगरपालिका को सहकार्यमा महानगरका सार्वजनिक विद्यालयमा सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन्।
कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र शिक्षा विभाग प्रमुख नमराज ढकालले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटनमा बोल्दै कुलपति हार्तम्छालीले विद्यार्थीहरूको सिर्जनशीलता प्रशंसनीय रहेको उल्लेख गर्दै शिक्षा र कलालाई जोड्ने यो कार्यक्रम महत्वपूर्ण भएको बताए।
प्रदर्शनीमा स्केचिङ तथा स्कल्पचर मोड्युलमा सहभागी विद्यार्थीका विभिन्न कलाकृतिहरू प्रदर्शनमा राखिएका छन्।