महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ
प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब बेचेरै अहिलेसम्म १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
म्याग्दीबाट प्रतिनिधि सभामा स्वतन्त्र प्रतिनिधित्व गरिरहेका उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्नो आत्मकथासम्बन्धी किताब ‘महावीर पुन’ हालसम्म २ लाख ५० हजार प्रति बेचिसकेको खुलाएका हुन् ।
उनले सार्वजनिक गरेको उक्त विवरणअनुसार हालसम्म किताब बेचेर १८ करोड ७५ लाख रूपैयाँ सार्वजनिक भएको छ।
पुनको आत्मकथासम्बन्धी किताबको मूल्य ७ सय ५० रुपैयाँ राखिएको छ। जसअनुसार उनको किताबले हालसम्म १८ करोड ७५ लाख रुपैयाँ बटुल्न सफल भएको हो ।