सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौं — म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विवरणअनुसार पुनको नेपाल बैंक मा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा २५ लाख रुपैयाँ बचत रहेको छ। उनले उक्त रकम चुनावी चन्दाबाट संकलन गरिएको बताएका छन्।
राष्ट्रिय आविष्कार केन्द्र का सञ्चालकसमेत रहेका पुनका नाममा कास्कीमा करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको उल्लेख छ।
यसका साथै उनीसँग करिब तीन तोला सुन रहेको छ, जुन श्रीमतीलाई आफन्तबाट उपहारस्वरूप प्राप्त भएको उनले बताएका छन्।