एनपीएल: जनकपुरले लुम्बिनीलाई १३३ दियो रनको लक्ष्य
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो ।
जनकपुरका लागि संगित कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ३्८ बालमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मयान यादवले २७ रन बनाउँदा आसिफ शेखले बलमा २० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले दुई दुई विकेट लिए । त्यस्तै जेजे स्मिथ र रुवेन ट्रम्पलमेनले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको प्लेअफमा पुग्ने योजनामा छ । यता जनकपुर आजको खेलमा जित निकाल्दै प्लेअफमा आफ्नो सम्भावना बनाइ राख्न चाहन्छ ।