नेपाल प्रिमियर लिगको फाइनल सुरु, सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि आमनेसामने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल सुरु भएको छ। साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
फाइनल खेल हेर्न क्रिकेट प्रेमीहरू अत्यन्त उत्साहित देखिएका छन्। टिकट शुक्रबार नै बिक्री भइसकेको थियो भने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दर्शकले खचाखच भरिएको छ। रंगशालाबाहिरसमेत दर्शकहरूको ठूलो भीड लागेको छ।
फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ। आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। मुख्तार अहमदको स्थानमा पुनीत मेहरा र मिलन बोहराको स्थानमा दीपक बोहरा टोलीमा समावेश भएका छन्।
लुम्बिनी लायन्सले भने एक परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा श्रीलंकन खेलाडी मोभिन शुभसिंहालाई टोलीमा ल्याइएको छ। उनी एनपीएलमा आफ्नो पहिलो खेल खेल्दै छन्।