चितवन राइनोजका मलान र साउदको अर्धशतक
: चितवन राइनोजका मलान र साउदको अर्धशतक, जारी सिजनमा पहिलोपटक दुवै ओपनरको फिफ्टी
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका दुवै ओपनर डविड मलान र अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका छन्।
इनिङको दोस्रो अर्धशतक अर्जुन साउदले दिएका हुन्। उनले २७ बलमा ४ चौका तथा ३ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए।
यसअघि ओपनर डविड मलानले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५१ रनको पारी खेलेका थिए।
जारी सिजनमा एउटै टोलीका दुवै ओपनरले अर्धशतक प्रहार गरेको यो पहिलोपटक हो, जसले चितवन राइनोजको शानदार सुरुवातलाई थप उचाइ दिएको छ।