एनपीएल : चितवन राइनोज पहिलो ब्याटिङ, पोखरा एभेन्जर्स बलिङमा
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जित्दै पोखरा एभेन्जर्सलाई बलिङका लागि आह्वान गरेका हुन्।
प्रतियोगिताको सफर दुवै टोलीका लागि समाप्त भइसकेको छ। ६ खेलबाट दुवै टोलीले ४/४ अंक मात्र जोडेपछि प्ले अफको दौडबाट बाहिरिएका कारण आजको खेल प्रतिष्ठाको लागि मात्र हुने भएको हो।
चितवन र पोखराले सिद्धान्ततः ‘प्राइड म्याच’का रूपमा खेल मैदानमा उत्रँदै प्रतियोगितामा सकारात्मक अन्त्य खोज्ने अपेक्षा गरिएको छ।