साउथ अफ्रिकाका फाफ डुप्लेसी विराटनगर किङ्ससँग खेल्न नेपालमा
काठमाडौं – साउथ अफ्रिकाका चर्चित क्रिकेट खेलाडी फाफ डुप्लेसी नेपाल आइपुगेका छन्। उनी एनपीएल सिजन २ मा विराटनगर किङ्ग्सबाट खेल्नेछन्।
डुप्लेसी सोमबार काठमाडौं आएका हुन् र अब टोलीसँग प्रशिक्षण तथा तयारीमा सहभागी हुनेछन्। उनी आफ्नो अनुभव र खेल कौशलबाट नेपाली क्रिकेटप्रति ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।