एनपीएल: पोखरा एभेन्जर्सको जवाफी ब्याटिङमा ऋषि धवनको अर्धशतक
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्स जवाफी ब्याटिङमा छन्। पोखराले खेलको १८ ओभरमा ६ विकेटको क्षतिमा १४१ रन बनाएको छ।
पोखराका ऋषि धवनले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाउँदै टीमलाई अघि बढाइरहेका छन्।
खेल अझै रोमाञ्चक बनेको छ र दुई टोलीबीचको प्रतिस्पर्धा निर्णायक मोडमा पुगेको छ।