काठमाडौं गोर्खाजका बेन चार्ल्सवर्थले एनपीएलमा पहिलो अर्धशतक प्रहार
काठमाडौं, १८ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार पोखरा एभेन्जर्सविरुद्ध पहिलो ब्याटिङमा उत्रिएका काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले व्यक्तिगत पहिलो अर्धशतक प्रहार गरेका छन्।
खेलको १५ ओभरको दोस्रो बलमा बेनले ४८ बल खेलेर ४ चौका र १ छक्कासहित ५१ रन पूरा गरेका हुन्। यस सिजनमा उनले अघिल्ला खेलमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। जनकपुर बोल्ट्सविरुद्ध उनले ४६ रन जोडेका थिए, जुन उनको यस सिजनको सर्वाधिक स्कोर थियो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले टस जितेर काठमाडौंलाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको थियो। यो अर्धशतकले काठमाडौंको शुरुवातलाई बलियो बनाएको छ।