एनपीएल : काठमाडौं गोर्खाजलाई पहिलो ओभरमै धक्का, आकाश त्रिपाठी डक आउट
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्दै पहिलो ओभरमै ठूलो धक्का व्यहोरेको छ।
काठमाडौंका ओपनरआकाश त्रिपाठी चौथो बलमै डक आउट भएका हुन्। पहिलो बल सामना गरे पनि रनको खाता नखोलेपछि उनले विकेट गुमाएका हुन्। आकाशलाई पोखराका धनञ्जय लक्ष्मणले बोल्ड गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जित्दै पोखराले काठमाडौंलाई पहिला ब्याटिङको निम्तो दिएको थियो।