इङ्लिस प्रिमियर लिग : लिभरपुल र सन्डरल्यान्ड बराबरी, चेल्सी लिड्ससँग पराजित
१८ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा गएराति लिभरपुलले सन्डरल्यान्डसँग घरेलु मैदानमै १–१ को बराबरी खेलेको छ। खेलमा सन्डरल्यान्डले ६७औँ मिनेटमा चेम्सडिन ताल्बीको गोलमार्फत अग्रता लिए पनि ८१औँ मिनेटमा नोडी मुकिएलेको आत्मघाती गोलका कारण लिभरपुल हारबाट जोगिएको हो।
यो सिजन कमजोर प्रदर्शन गरिरहेको लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ। सन्डरल्यान्ड भने २३ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ।
गएराति भएको अर्को खेलमा शीर्ष चौकडीमा रहेको चेल्सी लिड्स युनाइटेडसँग ३–१ ले पराजित भएको छ। लिड्सका जाका बिजोल, एओ तनाका र डोमिनिक क्यालभर्ट लेविनले एक–एक गोल गरे। चेल्सीका पेड्रो नेटोले एक गोल गरे पनि टोली खेलमा फर्कन सकेन।
हारसँगै चेल्सी २४ अंकसहित चौथो स्थानमा छ भने लिड्स १४ अंक जोडेर १७औँ स्थानमा पुगेको छ।**