एनपीएलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय
काठमाडौं, १९ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा जनकपुरले कप्तानमा परिवर्तन गरेको छ। यसअघि कप्तानको जिम्मेवारी वायन पार्नेलले पाएका थिए, तर पार्नेल प्लेइङ–११ मा नरहेको कारण संगीथ कूरे कप्तान बन्ने थिए। तर, अन्तिम निर्णयअनुसार आज जान निकोल लफ्टी इटनले कप्तानी गर्दै मैदानमा उत्रेका छन्।
खेलमा जनकपुर विजयी भएमा उनीहरूको अंक ४ पुग्नेछ भने लुम्बिनी ६ अंकमै रोकिइनेछ। यद्यपि, लिगमा ६ अंक भएका टोली पनि प्लेअफमा पुग्न सक्ने अवस्था छ।
जनकपुरले लिगकै अन्तिम खेल आइतबार कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई हराएको थियो भने जनकपुरले चितवन राइनोजलाई हराएको थियो।