एनपीएल : पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर काठमाडौँविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। पोखराले अघिल्लो खेलको प्लेइङ–११ मै निरन्तरता दिएको छ, जबकि काठमाडौँले एक परिवर्तन गरेको छ। दुबईमा आईएल टी–२० खेल्न फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दैछन्।
५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। आज जित निकाल्न सके र अन्तिम खेल पनि जित्न सफल भए प्लेअफमा प्रवेश गर्ने सम्भावना बलियो बन्नेछ। तर आज पराजित भएमा पोखरा अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्षम हुनेछ, जसले प्लेअफको सम्भावना कमजोर बनाउनेछ।